दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकमा विश्व : पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति पुटिनले विश्वले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकको सामना गरिरहेको बताएका छन् । यसका लागि उनले रुस-युक्रेन युद्धलाई नभई पश्चिमी देशलाई दोष दिएका छन् ।

पुटिनले अमेरिका र उसका सहयोगीहरूको विश्वव्यापी वर्चस्व घट्दै गएको र यसलाई रोक्न पश्चिमा राष्ट्रहरू लडिरहेको बताए । पुटिनले युक्रेनमा द्वन्द्व भड्काएकोमा अमेरिकालाई दोष दिएका छन् । उनले पश्चिमा देशले खतरनाक र ‘रक्त खेल’ खेलिरहेको बताए । उनले रुस र अन्य ठूला शक्तिहरूसँग विश्वको भविष्यका लागि पश्चिमले वार्ता गर्नुपर्ने बताए ।

भल्दाई डिस्कसन क्लबमा पुटिनले यी कुराहरू भनेका हुन् । भल्दाइ डिस्कसन क्लबको बैठकमा पुटिनले भने, ‘विश्वमाथि पश्चिमको वर्चस्व अब समाप्त हुँदैछ । हामी ऐतिहासिक सिमानामा उभिएका छौं । यो दोस्रो विश्वयुद्धको अन्त्य पछिको सबैभन्दा खतरनाक, अप्रत्याशित र एकै समयमा महत्त्वपूर्ण दशक हो । पुटिनले वर्तमान द्वन्द्वका बाबजुद रुसले पश्चिमलाई आफ्नो शत्रु नमानेको पनि बताए ।’

रुसको पश्चिमा र प्रमुख नेटो देशहरूलाई सन्देश छ, ‘शत्रु बन्न छोडौं, सँगै बसौं,’ उनले भने । पुटिनको भनाइमा अमेरिकाले उनको भनाइ नयाँ नभएको र युक्रेनलगायतका रणनीतिक लक्ष्यहरूलाई परिवर्तन नगर्ने बताएको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । यस युद्धमा पुटिनले आणविक युद्धको धम्की पनि दिएका छन् । सन् १९६२ मा सोभियत संघ र अमेरिकाबीच भएको क्युवाली मिसाइल संकटपछि विश्वका लागि यो सबैभन्दा ठूलो खतरा हो ।

पुटिनले आफू युक्रेनसँग वार्ताका लागि तयार रहेको बताए तर युक्रेन कहिल्यै पनि वार्ताको टेबुलमा बसेनन् । ‘हामी वार्ताका लागि तयार छौं कि छैनौं भनेर सोध्नु हुँदैन । बरु, युक्रेनका नेताहरूले रुससँग वार्ता नगर्ने निर्णय गरे । यदि अमेरिकाले युक्रेनलाई समस्या समाधान गर्न अनुमति दियो भने द्वन्द्व अन्त्य गर्न सजिलो हुन्छ । युद्ध सुरु भएको पहिलो हप्तामा रुस र युक्रेनबीच वार्ता सम्भव हुन सकेन र वार्ता असफल भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कुनै पनि वार्ता अस्वीकार गरे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *