कांग्रेसले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । कांग्रेसले (भोलि) शनिबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।

तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको वलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *