२०३५ देखि युरोपमा पेट्रोल र डिजेलमा चल्ने कारमा प्रतिबन्ध

काठमाडौँ । युरोपेली संघले २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने कानुनमा सम्झौता गरेको छ । जसको उद्देश्य विद्युतीय सवारी साधनको द्रुत विकाससँगै जलवायु परिवर्तनविरुद्धको लडाइलाई तीव्र पार्ने छ । यो कानूनले युरोपेली संघका २७ देशमा पेट्रोल वा डिजेलबाट चल्ने नयाँ कारको बिक्रीमा प्रतिबन्ध लगाउनेछ ।

इयु देशहरू र युरोपेली संसद वार्ताकारहरू सहमत भएका छन्, कार निर्माताहरूले २०३५ सम्म सिओ२ उत्सर्जनमा सतप्रतिशत कमी हासिल गर्नुपर्छ । यो सम्झौता पछि, युरोपेली देशहरूमा नयाँ जीवाश्म ईन्धन संचालित सवारी साधनहरू बेच्न असम्भव हुनेछ ।

युरोपेली संसदका प्रमुख वार्ताकार जान हुइटेमाले यो सम्झौता कार चालकहरूका लागि राम्रो समाचार भएको बताए । नयाँ शून्य-उत्सर्जन कारहरू सस्तो हुनेछन्, तिनीहरूलाई थप किफायती र सबैका लागि पहुँचयोग्य बनाउँदै लैजानु पर्ने उनले बताए । यसैबीच इयु को जलवायु नीति प्रमुख, फ्रान्स टिम्मेर्मानले सम्झौताले उद्योग र उपभोक्ताहरूलाई बलियो संदेश पठाएको बताए । युरोपले शून्य उत्सर्जन गतिशीलतामा परिवर्तनलाई अँगालेको छ।

इयु सांसदहरूले पनि २०२१ को तुलनामा २०३० मा अटोमोबाइलबाट सिओ२ मा ५५ प्रतिशत कमीलाई समर्थन गरेका छन् । सम्झौताले कार उद्योगमा अघिल्लो दशकको तुलनामा यस दशकको अन्त्यमा हालको ३७.५ प्रतिशत कार्बन डाइअक्साइड निकासी घटाउने नयाँ दायित्वलाई पछ्याउँछ ।

यसैबीच कार निर्माता कम्पनि फक्सवागनले यसलाई पहिले नै समर्थन गरिरहेको छ, कम्पनीका मालिक थोमस शेफरले २०३३ बाट, ब्रान्डले युरोपमा मात्र इलेक्ट्रिक कारहरू उत्पादन गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *