प्रचण्डलाई गिरफ्तार गर्न माग गर्दै निवेदन दर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल गिरफ्तार गर्नुपर्ने माग सहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ । माओवादी द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरण (रामेछाप) र पूर्णप्रसाद पौडेल (सुर्खेत)ले बुधबार मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।

निवेदनमा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा प्रचण्डले लिनुपर्ने उल्लेख छ ।

पाँच हजार मान्छे मारेको हुँ भन्दा भन्दै प्रचण्डमाथि कानूनी कारवाही नहुनु विडम्बना भएको निवेदकहरूको धारणा छ । निवेदन दर्ता भइसकेको आयोग स्रोतले जनाएको छ ।

निवेदनको पूर्णपाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =