समाजको उन्नतिका लागि निःस्वार्थ भावले अग्रसर रहौँ : राष्ट्रपति
२०७९ कार्तिक ९ गते

काठमाडौं । नेपाल संवत् ११४३ आरम्भ भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा नेपाल संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ । उनले नेपाली समाज सभ्य र सहिष्णु समाज भएको र चाडपर्व तथा यस खालका असल परम्पराले थप सुदृढ बनाउँदै लगेको उल्लेख गरेकी छिन् ।
राष्टपति भण्डारीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छिन् ।
२०७९ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








