अग्निपीडितलाई तत्काल क्षतिपूर्ति देऊ : एमाले

दाङ । नेकपा एमाले दाङले घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा भएको आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति जारी गरी घटनाका पीडितलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग क्षतिपूर्तिको माग गरेका हुन् । न्यू दाजुभाइ फर्निचर, दाजुभाइ फर्निचर र स्टार फर्निचरमा कार्तिक ७ गते राति भएको आगलागीले ठूलो क्षति भएकोमा दुख व्यक्त गर्दै पीडितहरू रूपनारायण ठाकुर तेजनारायण ठाकुर, महेश ठाकुर र रामेश्वर ठाकुरलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘आगलागीबाट हुन गएको क्षतिको यथार्थ मूल्याङकन गरी यथाशीघ्र उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सकार, स्थानीय सरकारलगायत सबै निकायलाई नेकपा एमाले दाङ अनुरोध गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =