साढे ३८ लाख रुपैयाँसहित एक युवक पक्राउ

जनकपुधाम । धनुषामा एक हुण्डी कारोबारी नगद ३८ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका १ का २१ वर्षी सुवम राज चौवे रहेको प्रहरीले जनाएको छ ।

निर्वाचन विशेष सुरक्षा योजना अन्तर्गत खटेको प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा चेकजाँच गर्ने क्रममा चौवेले बोकेको ब्यागबाट ३८ लाख ५० हजार बरामद भएको र स्रोत खुलाउन नसक्दा उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी भारतबाट अन टेस्ट मोटरसाइकल चढेर नेपालतर्फ आइरहेका थिए ।

नेपाली रूपैया भारतबाट अवैध रूपमा भन्सार छली गरि ल्याएको भन्ने खुल्न आएको प्रहरीको भनाई छ । उनीसहित मोटरसाइकल र नगद आवश्यक कारबाहीका लागि प्रहरीले जनकपुर भन्सार कार्यालय धनुषामा बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =