उड्डयन प्राधिकरणद्वारा प्याराग्लाडिङ उडान पुनः खुला

पोखरा । नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाडिङ उडान आइतबारबाट पुनः खुला गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडान प्रतिस्पर्धाका क्रममा प्याराग्लाइडिङ खसेर एक खेलाडीको मुत्यु भएपछि प्राधिकरणले यसको उडानमा रोक लागएको थियो ।

प्राधिकरणले नेपाल हवाइ खुलकुट संस्थासँग राखेको ५ वटा शर्त पूरा गर्न संस्था तयार भएपछि उडान सुचारु गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक लगाउनु पर्ने, कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने, प्राधिकरणले व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्थिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने लगायतका शर्त राखेको छ ।

प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्तसमेत राखेको छ ।

नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा उडिरहेको प्याराग्लाडिङ खसेपछि नेपाल आर्मीका खेलाडी २५ वर्षका निसिम थापाको मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले उडान प्रतिबन्ध लगाएको थियो ।

प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयको संयोजकत्वमा २ कात्तीकमा अध्ययन समिति बनाइएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा प्राधिकरणले शर्तसहति उडान खुला गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *