राजतन्त्र जस्तै चुनावपछि एमाले समाप्त हुन्छ : मेटमणि चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बिदाई गर्ने दाबी गरेका छन्।

दाङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका चौधरीले लमही नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

जनताको अभिमतको अपमान गर्दै केपी ओलीले जनताले निकै ठूलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाई थियो।

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तव तव बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ। एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२÷६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ।’ चौधरीले भने।

गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *