करको दर घटाएपछि गण्डकी सरकारलाई आयोगको स्पष्टीकरण

पोखरा । गण्डकी सरकारले चुनावको उम्मेदवारी दर्ता भइसकेपछि चुनावलाई प्रभाव पार्ने गरी करका दर हेरफेर गरेको छ ।

मन्त्रीपरिषद् बैठकबाट चालू वर्षमा बढाइएको करका दर अघिल्लो वर्षकै कायम गर्ने निर्णय भयो । उक्त दर प्रदेश राजपत्रमा प्रकाशन भैसकेको छ । नयाँ करको दर प्रकाशन भएपछि निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ ।

आयोगले सो विषयमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्पष्टीकरण पत्र पठाइ प्रदेश सरकारबाट नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भई सकेपश्चात् प्रदेश सरकारले करका दरहरूमा हेरफेर गरेको भन्ने सूचना प्राप्त भएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

‘करमा हेरफेर गर्ने निर्णय गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड (ख)को उल्लङ्घन भएको देखिएकाले उक्त निर्णयको लागि जिम्मेवार ठहर्याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?,’ आयोगको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्रमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *