कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना : ४ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

हिजो बेलुका बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको मृत्यु भएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको पनि मृत्यु भएको छ ।

सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको उपचारका क्रममा भैरहवामा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । दुर्घटनामा गोविन्द सुवेदी, प्रेम मल्ल, कुलबहादुर घर्ती र सागर पाण्डे घाइते भएका सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बताए ।

घाइतेको भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *