भोजपुर प्रदेश ‘क’ मा काङ्ग्रेसका बागी चापागाईंले मुख्यमन्त्री राईलाई सहयोग गर्ने

भोजपुर । भोजपुरको प्रदेश सभा क मा बागी उम्मेदवारी दिएका काङ्ग्रेस महासमिति सदस्य उत्तम कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अब भोजपुर प्रदेश क मा नेकपा एकीकृत समाजवादीका सचीव समेत रहेका प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईलाई सहयोग गर्ने छन् । उम्मेदवार छन्

उनले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

भोजपुर प्रदेश क मा नेकपा एकीकृत समाजवादीका सचीव समेत रहेका प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राई उम्मेदवार छन् । प्रतिनिधि सभामा उम्मेदवार बन्न चाहेका राई गठबन्धनको मर्म अनुसार पुनः प्रदेश सभामा प्रतिस्पर्धा गर्न राजी भएका हुन् ।

राई पुनः मुख्यमन्त्री बन्ने योजना सहित चुनाबमा होमिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका चापागाईंले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउदै गठबन्धनका उम्मेदवार राईलाई सघाउने घोषणा गरेसङै उनको जित पक्का भएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *