सिद्धार्थ बैंकको रु. ४०० क्यासब्याक योजना

काठमाडाैँ। सिद्धार्थ बैंकले तिहारको शुभ अवसर पारी ग्राहक महानुभावहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ रु.४०० क्यासब्याक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्ने छन् ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *