गरिमा विकास बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेष्टुरेन्टमा छुट पाउने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र यस विकास बैंक बिच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौं को सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १५ प्रितशत छुट पाउन सक्नेछन् ।

सम्झौता पत्रमा  विकास बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *