एनएमबी बैंकलाई १० करोड अमेरिकी डलरको ऋण डिएफसीबाट स्वीकृत

काठमाडाैँ । एनएमबी बैंकले नेपालकै अहिलेसम्मको ठूलो १० करोड अमेरिकी डलर वैदेशिक ऋण डिएफसी स्वीकृत गरेको छ।

युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ क्षेत्रको उक्त ऋण बैंकलाई स्वीकृत दिएको हो।

डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानका लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो।

एनएमबी बैंक र डिएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ।

एनएमबी बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो।

हालको बैंकिङ तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने बाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ।

एनएमबी बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीको लागी डिएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाइनान्सियल इन्सिटच्युसन (डिएफआइए) बाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ।

एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *