डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जुले जितिन् नगद एक लाख

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छन् ।

हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको डिलर दाइ कृष्ण देवकोटाकोमा उनले एक वर्ष रिचार्ज गरेर उनले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी र हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरे । अफरअनुसार १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *