बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले पल्सरले २ वटा बाइकहरु लन्च गरेको जानकारी दिँदै भने, ‘नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको छ ।

७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ । र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँ मापदण्ड खडा गर्नेछन् ।’

पल्सर एन २५०
मोडर्न एरो डाइनामिक डिजाइन र सार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनि एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्ट र स्टाइलिश लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँ प्रिमियम मेटालि  ले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।

अगाडिदेखि पछाडिसम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जति हेरे पनि प्रेस देखिन्छ । साइड कभर र ट्याङ्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्याङ्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसीदेखि लिएर एनएस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसि को डिटिएसइ ओइल कुल्ड एनजिनले २४Þ५ को पिएस् को स्मुथ पावर र २१Þ५ एनएमको टर्क र साथ–साथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रस पनि दिन्छ । साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउने कम्पनीको भनाइ छ ।

पल्सर एन १६०
यस्तै पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ, जुन योभन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सिसी एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यसअघि नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टिलुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास गरिएको छ ।

यसमा बिएस्भिआइ कम्प्लाएन्ट १६५ सिसिको एन्जिन प्रयोग गरिएको छ । यसले ८७५० आरपिएममा १६ पिएस को पावर र ६७५० को आरपिएम मा १४.६५ एनएमको टर्क निकाल्न सक्ने कम्पनीको भनाइ छ । यसमा ५ स्पिडको गियर बक्स छ ।

नेपाली बजारमा यी बाइकहरुको मूल्य क्रमशः ४ लाख ८९ हजार ९०० र ३ लाख ७९ हजार ९०० रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *