सत्ता गठबन्धन अन्तर्गत काठमाडौँमा गठित निर्वाचन परिचालन समितिले जिम्मेवारी तोक्यो

काठमाडौँ । सक्ता गठबन्धन पाँचथर सम्पर्क निर्वाचन परिचालन मूल समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

काठमाडौंको होटल पेरिस प्लाजा पेरिसडाँडा सम्पर्क कार्यालयमा भएको बैठकले मूल समिति अन्तर्गतका आर्थिक ब्यबस्थापन ,प्रचार प्रसार ,मतदाता तथा यातायात व्यवस्थापन समितिको कार्यविभाजन गरेको छ ।

बैठकले प्रचार प्रसार तथा सूचना समितिको संयोजकको जिम्मा नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय केन्द्रीय प्रकाशन तथा प्रचार समितिका सदस्य बिन्देश्वर खनाल र सहसंयोजकको जिम्मा नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागका सदस्य तथा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य लेखनाथ सिकारु र नेपाली कांग्रेसका संगीता सुहाङ्लाई दिइएको छ ।

यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजकमा नेपाली कांग्रेसका देबीप्रसाद काफ्ले र सहसंयोजकमा माओवादी केन्द्रका शेरबहादुर तुम्वापो तथा नेकपा एकीकृत समाजवादी का महेन्द्र निरौलालाई सहसंयोजकको जिम्मेवारी तोकेको छ ।

त्यस्तै मतदाता तथा यातायात व्यवस्थापन समितिको सयोजकमा नेकपा एकीकृत समाजवादी बिक्रम भट्टराईलाई संयोजक र नेपाली कांग्रेसका अमृत योङ्या र माओवादी केन्द्रका दिपक लामालाई जिम्मा दिएको छ । सम्बन्धित समितिहरूको छुट्टा छुट्टै बैठक बसी कार्य योजना बनाई तोकिएको जिम्मेवारी पूरा गर्ने अधिकार प्रदान बैठकले दिएको छ ।

जिम्मेवारी अनुसार प्रचार प्रसार समितिको बैठक चाँडै बसेर प्रचारका कार्यलाई तिव्रता दिने र सामाजिक सञ्जालको सूक्ष्म अध्ययन र बिशेषण समेत गरिने संयोजक खनालले बताए ।

पाँचथर जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन काठमाडौंमा भएका मतदाताहरूलाई मतदाता शिक्षा निर्वाचन जागरण अभियान सहित चुनाममा केन्द्रित गर्ने अभिप्रायले समितिहरू गठन भएको मूल समितिका सह संयोजक गंगाप्रसाद रिजालले बताए ।

आसन्न मंसिर ४ गतेको निर्वाचनमा पाँचथरमा संघीय संसद्मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको तर्फबाट भिष्मराज आङदेम्वे प्रतिनिधि सभामा तथा प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादी का कमलप्रसाद जबेगु र प्रदेश २ मा नेकपा माओवादी केन्द्रका इन्द्र आङवो मौसम चुनावमा भिड्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =