एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनीबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।

बैंक सञ्चालक समितिको २ कात्तिकमा बसेको ५७१ औँ बैठकले बिहीबारदेखि नै लागु हुने गरी लम्साललाई सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक केशवप्रसाद लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् ।

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =