नवौं राष्ट्रिय प्रतियोगिताका लागि पोखरामा विहिबार सार्वजनिक विदा

पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापनका लागि विहिबार आधा दिन पोखरामा सार्वजनिक विदा हुने भएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । पोखरामा नवौं प्रतियोगिता हुनु गौरवको विषय भएको भन्दै महानगरले समापन समारोहमा सहभागी हुन सबै पोखरेलीलाई आह्वान गरेको छ ।

विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गर्ने छन् । महानगरका महाशाखा तथा शाखाहरू, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा कार्तिक ३ गते बिहिबार दिउँसो १ बजेपछि विशेष बिदा दिइएको मेयर धनराज आचार्यले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत रंगशाला प्रवेशका लागि प्रदर्शनी केन्द्रबाट पास वितरण गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =