राजु गुरुङको मुद्दामा आज अन्तरिम आदेश आउला ?

काठमाडौँ । राजु गुरुङको मुद्दामा अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा आज अदालतले दुवै पक्षलाई बोलाइएको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको हो ।

रुपन्देही– २ सत्ता गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट आज न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।

बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =