एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आजबाट सबै कार्यक्रममा सहभागि हुने

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह् काठमाडौँबाट भद्रपुर विमानस्थल हुदै आफनो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकी संगै ज्वरो आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा हिजो उनी उपस्थित हुन सकेनन् ।

हिजो बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसंगको पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो तर, अन्तिममा आएर उनी बिरामी भएका कारण उपस्थित हुन नसक्ने जानकारी गराईएको थियो । अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क्षेत्र क का उम्मेदवार समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गराए ।

निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले सो पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारीबारे जानकारी गराएका थिए । अध्यक्ष ओलीको स्वास्थ्यमा पूरै सुधार भएको दाहालले जानकारी दिए । आज विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ ।

यसैगरी दिउँसो २ बजे  क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा क्षेत्र नं ५ भरीका कार्यकर्ताहरुको उपस्थिती रहनेछ ।

३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कमल गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए । अध्यक्ष ओली ३ गते दिउसो भद्रपुरबाट  काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =