यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशको पहाडी भेगमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार बुधबार बिहान पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। ‘लुम्बिनी प्रदेशका एक दुई ठाउँमा वर्षा पनि भएको छ’

आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम चलिरहेको मौसमिवद्ले बताएका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =