कमल थापासँग असन्तुष्ट पाँच पदाधिकारी प्रचण्डसँग खुमलटारमा

काठमाडौँ । राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट्न गएका छन् ।

अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि असन्तुष्ट उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन्।

भेटमा सहभागी एक नेताका अनुसार एक घण्टा छलफल चलेको थियो। भेटमा सहभागी अर्का एक नेताका अनुसार राप्रपाका ती सबै नेताहरु अध्यक्ष कमल थापासँग असन्तुष्ट छन्।

सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए । ‘हाम्रो क्षेत्रबाट राजनीतिक रुपले सहयोग हुने कुरा हामीले राख्यौँ’, अर्का एक पदाधिकारीले भने, ‘दीपावलीको शुभकामना आदान प्रदान भयो । सो क्रममा प्रचण्डले संक्षिप्तमा आफ्नो भनाइ पनि राख्नु भयो ।’

प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिएका थिए । उनले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =