महिला फुटबलमा गण्डकी एपिएफसँग ५–० ले पराजित
२०७९ असोज ३१ गते

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार स्याङजाको वालिङमा भएको महिला फुटबल प्रतियोगितामा एपिएफ विजयी भएको छ । गण्डकी प्रदेशलाई ५–० गोल अन्तरले हराउँदै एपिएफले जीत निकालेको हो ।
खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन् । छैटौँ मिनेटमा अनिता केसीले अर्को गोल गरिन् । ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रो गोल गर्दा पहिलो हाफ ३–० मा समेटियो ।
खेलको ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौंथो गोल गरिन् । ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौँ गोल गरेकी हुन् ।
२०७९ असोज ३१ गते
प्रतिक्रिया
सम्बन्धित










