मोरङ पुगेर शेखरले भने : ‘म र शेरबहादुर जी मिलिसक्यौं, तपाईंहरु के को लागि लडिरहनु भएको छ ’

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङका प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. शेखर कोइरालाले आफु र सभापति शेरबहादुर देउवाबीच मिलन भैसकेकोले झगडा नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

चुनावी अभियानका लागि मोरङमा रहेका उनले आफुहरु प्रतिश्पर्धी भएपनि अधिवेसन पछि उक्त प्रतिश्पर्धा सकिएको बताए । ‘स्थानीय निर्वाचनमा के भयो, अधिवेसनमा के भयो ?  अधिवेसन त नेपाली कांग्रेसभित्रको प्रतिश्पर्धा हो । त्यो तुषलाई सबैले त्यागौं,’ उनले भने, ‘मैले त त्यागिसकें, तपाईंहरुले किन नत्याग्ने मैले बुझ्न सक्या छैन ।’

उनले शेरबहादुर देउवा र आफु एकैसाथ रहेको बताए । ‘शेरबहादुर जी र म सँगै लडेको होइन, ग्रुप बनाएर वडादेखि चुनाव लडेको होइन , जव शेरबहादुर जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गरिरहनु भएको छ ?,’ भन्छन्, ‘लडाईं, प्रतिश्पर्धा शेरबहादुर जी र मेरो थियो । तलबाट माथीसम्मै प्रतिश्पर्धा थियो । अब त्यो लडाई समाप्त भैसक्यो । शेरबहादुर जी र म एकैठाउँमा उभिएका छौं । शेरबहादुर जी लाई मैले पटक पटक भेटेको छु । उहाँले मेरो कुरा मानिरहनु भएको छ । तपाईंहरु किन लडिरहनु भएको छ ? के को लागि लडिरहनु भएको छ के पाउनुहुन्छ ? केहि पनि पाउनु हुन्न ।’

प्रतिक्रिया

One thought on “मोरङ पुगेर शेखरले भने : ‘म र शेरबहादुर जी मिलिसक्यौं, तपाईंहरु के को लागि लडिरहनु भएको छ ’

  1. मिल्नु मिल्नु पहिलै मिलेर काङ्ग्रेस एकता बनाएर सिङ्गो पार्टी चुनावमा हुमिनु भएको भए बल्ल बिपी बादको मर्म बुझेको लाग्थ्यो। होईन्न भन्ने आखिर लोकतन्त्र नेताको लागि आएको बुझियो। कसैले म र शेरबहादुर मिली सके तपाई हरू नमिल्ने। भन्नु शेखर कोइरालाई शेरबहादुर ले किनी सकेको साधारण जनताको बुझाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =