गुल्मीमा गठबन्धनका उम्मेदवारमाथि हातपात गर्ने एमाले कार्यकर्ता पक्राउ

गुल्मी । गुल्मीमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि हातपात गर्ने नेकपा एमालेका कार्यकर्ता पक्राउ परेका छन् ।

आइतबार साँझ धुर्कोट गाउँपालिका ३ मा मदिरा सेवन गरी नेपाली कांग्रेससका समानुपातिक उम्मेदवार त्रैलोक्य प्रताप सेन र प्रदेश (ख) का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता बुद्धि जिसीसहितको टोलीमाथि हातपात गर्ने एमाले कार्यकर्तालाई पक्राउ परेका प्रहरीले जनाएको छ ।

हातपात गर्ने एमाले कार्यकर्ता २६ वर्षीय लेखबहादुर नगरकोटी र ५६ वर्षीय टेक बहादुर नगरकोटीलाई इलाका प्रहरी कार्यालय पुर्कोट दहले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई अनुसन्धानका लागि भन्दै हिरासतमा राखिएको प्रहरीले बताएको छ । यता वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बुद्धि जिसीले आफूहरूको जित सुनिश्चित भएपछि एमाले अतालिएर भौतिक आक्रमणमा उत्रेको प्रतिक्रिया दिएका छन् ।

संयमित हुँदा पनि एमालेका कार्यकर्ता मदिरा सेवन गरेर आफूहरूमाथि भौतिक आक्रमण उत्रनु दुःखद रहेको कांग्रेसका नेता त्रैलोक्य प्रताप सेनले बताए ।

साथै आफूहरूले प्रयोग गर्दै आएको बा १६ च ४०८ नम्बरको सवारीमा क्षति पुर्याएको भन्दै त्यसको क्षतिपूर्तिको माग गर्दै कानुनी उपचारका लागि अघि बढ्ने समेत नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =