नवौँ राष्ट्रिय खेलकुद : उडिररहेकाे प्याराग्लाइडिङ खस्दा एक खेलाडीकाे मृत्यु  

पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल उडिरहेकाे प्याराग्लाडिङ अचानक खस्दा त्रिभुवन आर्मी क्लबका तर्फबाट भाग लिएका एक खेलाडीकाे निधन भएकाे छ ।

अाइतबार बिहान करिब ११:३० बजे पोखरा महानगरपालिका १८ सराङकोट स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तगर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको बेला करिब १०० मिटर माथिबाट जमिनमा खसेकाे हाे ।

घटनामा नेपाल त्रिभुवन आर्मी क्लबकातर्फबाट भाग लिएको पोखरा महानगरपालिका १० अस्पताल चोक बस्ने बर्ष २६ को निसिम थापा घाइते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा १२:४५ अस्पतालले मृत घाेषणा गरेकाे छ ।

अहिले उनको शव पोखरा ८ सृजनाचोकस्थित मेट्रो अस्पतालमा राखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *