बन्दिपुरमा हाइक फर क्लाइमेट एक्सन र मेयर फोरम कार्यक्रम

तनहुँ । बन्दिपुर युनेस्को क्लबको आयोजनामा तनहुँको बन्दिपुरमा क्लब सदस्यहरूको फेलोसिप क्याम्प अन्तर्गत युनेस्को क्लब रिजनल बैठक, होमस्टेमा सांस्कृतिक कार्यक्रम, हाइक फर क्लाइमेट एक्सन अन्तर्गत हाइकिङ, क्लासमेट चेन्ज र पालिका प्रमुखहरूको बिच मेयर फोरम कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार साँझ युनेस्को महासंघ नेपालका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र युनेस्को अफिस काठमाडौँका युथ इन्गेजमेन्ट स्पेशलिष्ट सविन लामिछाने को उपस्थितिमा बाग्मती युनेस्को क्लब, ग्रिन आर्मी युनेस्को क्लब, गण्डकी युनेस्को क्लब, भानु युनेस्को क्लब, रुपाकोट युनेस्को क्लब, वन्दीपुरको प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा फेलोसिप कार्यक्रम भएको थियो ।

यसैगरी शनिबार भानु नगरपालिका का मेयर आनन्दराज त्रिपाठी, बन्दिपुर गाउँपालिका का अध्यक्ष सुरेन्द्र थापा र आँबुखैरेनी गाउँपालिका का अध्यक्ष शुक्र चुमानको उपस्थितिमा मेयर फोरम २०२२ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा ३ वटै पालिकाका प्रमुखहरूले युनेस्को क्लबसँग सहकार्य गरी संयुक्त रुपमा गर्न सकिने कामहरूको विषयमा छलफल भएको थियो ।

पालिका प्रमुखहरुद्वारा आफ्नो पालिकाले गरेका कामहरु तथा अव गर्न सकिने कार्यहरु लगायत स्वास्थ्य, शिक्षा, विकास निमार्ण तथा पर्यटन, संस्कृति, फोहर व्यवस्थापन लगायत विवरण समेत प्रस्तुत भएको थियो । बन्दिपुर फेलोसिप कार्यक्रमले युनेस्को को क्षेत्र सँग जोडिएर स्थानीय तहहरूबाट नै शिक्षा, स्वास्थ्य, विज्ञान, सञ्चार, संस्कृति, पर्यटन, वातावरण, सरसफाइ जस्ता विषयमा कार्यहरु गर्न सहज हुने अपेक्षा गरिएको आयोजक क्लब बन्दिपुर युनेस्को क्लब का अध्यक्ष टिकाराम पनेरुले बताए ।

साथै युनेस्को महासंघ नेपालको ५० औँ वार्षिकोत्सवको अवसर मा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा उपस्थित सम्पूर्णको हस्ताक्षर सङ्कलन गरी अभियान समेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *