हँसिया हथौडामा भोट हाल्दा कांग्रेसका हात नकाँपुन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हँसिया हथौडामा भोट हाल्दा हात कपाइँराख्नु ठीक नहुने बताएका छन्।

गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने। ‘यो खाली गोरखाका लागि मात्रै होइन, नेपालकै राजनीतिक र आर्थिक विकासका लागि पनि गठबन्धन हो। म यहाँबाट निर्वाचित भइसकेपछि के गर्ने भन्ने खाका स्पष्ट भएका छन्, उनले भने, मैले यहाँ आउँदा निकै खुसी र गर्वको महसुस गरेको छु। राजनीतिक र भावनात्मक सम्बन्ध सुदृढ गर्न केही देखाउनु पर्ने भएको छ।’

उनले अझै पनि केही कांग्रेसीहरुलाई हँसिया हथौडामा भोट हाल्नु पर्ने कुराले चिन्तित बनाएको भन्दै शान्ति सम्झौता सम्झाए।

‘कसरी रुखमा भोट हाल्ने भन्ने एकथरी साथीहरुलाई भएको छ। अर्कोतिर कसरी हँसिया हथौडामा भोट हाल्ने भन्ने भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *