पुरुष सटपुटमा आर्मीका तिलकलाई स्वर्ण

पोखरा । पुरुष सटपुटतर्फको प्रतिस्पर्धामा आर्मीका तिलक विकले स्वर्ण जीतेका छन् ।

उनले ७.२६ किलो तौल १२.८५ मिटर फाल्दै स्वर्ण जितेका हुन् । आर्मीकै चित्रबहादुर वलीले १२.६४ मिटर फालेर दोस्रो भए भने बागमती प्रदेशका ललित रावतले कास्य पदक जिते । उनले ११.९५ मिटर फालेका थिए ।

महिला तर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले १२.४० मिटर फाल्दै स्वर्ण पदक जितिन् ।

त्यस्तै लुम्बिनी प्रदेशकी संगीता अधिकारीले १०.८३ मिटर फालेर रजत पदक जितिन् । नेपाल प्रहरीकी बसन्ती चौधरीले ९.८६ मिटर पर फ्याँकेर कास्य पदक चित्त बुझाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =