सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त भेला गर्दै, यस्तो छ समय तालिका

काठमाडौंँ । सत्ता गठबन्धनले आसन्न निर्वाचनलाई लक्षित गरेर सात वटै प्रदेशहरुमा संयुक्त भेला आयोजना गर्ने भएको छ ।

भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कार्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ।

कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने छ।

सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कार्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *