मुगुमा पहिरो : तीनको मृत्यु, आठ बेपत्ता

मुगु । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएको पुष्टि गरेको हो ।

प्रहरीका अनुसार मृतक र बेपत्ता भएकाहरुको हालसम्म पहिचान खुल्न सकेको छैन । यस्तै सोहि नगरपालिकाको वडा नं ८ मा १० घर पहिरोका कारण भत्किएका छन् ।

वडा नम्बर ७, टोप्ला गाउँमा भने पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ । साथै पहिरोको उच्च जोखिम रहेकाले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *