सुर्खेतमा २ प्रतिनिधिसभा र ४ प्रदेशसभाका लागि ५२ जनाको उम्मेदवारी

सुर्खेत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतबाट ५२ जना विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेका प्रभावशाली नेता तथा स्थायी कमिटि सदस्य यामलाल कँडेलले सुर्खेत निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा ‘क’ बाट उम्मेदवारी दिएका छन् । उनका सह–योद्धा ताराकेशर गौतमले क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दिएका हुन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभातर्फ भने एमाले जिल्ला अध्यक्ष अमृत विसीले मनोनयन पत्र दर्ता गराएका छन् ।

सुर्खेतमा निरन्तर जारी असोजे झरीको प्रतिकुलताको वावजुद सुरक्षा निकायको सशक्त निगरानीले आइतबार जिम्मेवार राजनीति दल तथा स्वतन्त्र उम्मेदवारहरुको मनोनयत्र पत्र दर्ता कार्यक्रम सौहार्दपूर्ण सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नं. २, बाटै सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका हृदयराम थानी, प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ‘क’ बाट कालिप्रसाद शाक्य र प्रदेश सभा ‘ख’ बाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्वर २, बाट प्रतिनिधि सभातर्फ नेकपा माओवादी समाजवादी पार्टीबाट टेकमल दमाई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भिमबहादुर शाही, नेपाल मजदूर किसान पार्टीबाट तुल्सा खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर चुनारा, राष्ट्रिय प्रजातन्त्त पार्टी नेपालबाट वीरेन्द्रकुमार चन्द र जनता समाजवादी पार्टीबाट दिपबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं. २, ‘क’ मा स्वतन्त्रबाट पदम बन, नेकपा माओवादी समाजवादीबाट भोजप्रसाद चपाई, राष्ट्रिय प्रजातन्त्त पार्टीबाट सूर्यबहादुर खत्री, नेपाल मजदूर किसान पार्टीबाट दिजकला राना, नेकपा एकीकृत समाजवादी पार्टीबाट शिवप्रसाद उपाध्याय, स्वतन्त्रबाट रामप्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मानबहादुर गाएन, स्वतन्त्रबाट सूर्यबहादुर खत्रीले मनोयन पत्र दर्ता गराएको निर्वाचन कार्यालयले बताएको छ ।

निर्वाचन क्षेत्र नं. २, ‘ख’ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णबहादुर रेगामी मगर, नेपाल मजदूर किसान पार्टीबाट गगन कामी, एकीकृत समाजवादी पार्टीबाट मोहनसिंह बडुवालले मनोनयन पत्र दर्ता गराएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २, बाट प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १५ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

उता सुर्खेत निर्वाचन क्षेत्र नम्वर १, मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि धुव्रकुमार शाहीले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. १, प्रदेश सभातर्फ ‘क’ बाट ठम्मरबहादुर विष्ट र ‘ख’ बाट डण्डीप्रसाद शर्माले मनोनयन पत्र दर्ता गराएको निर्वाचन आयोगले बताएको छ । यता सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट प्रदेश सभातर्फ सुर्खेत क्षेत्र नम्वर १, ‘क’ बाट नेकपा माओवादी केन्द्रका कृष्ण जिसी र प्रदेश सभा ‘ख’ बाट नेपाली काँग्रेसका खड्क पोखरेलले मनोनयन पत्र दर्ता गराएका छन् । क्षेत्र नम्वर १, प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छत्रपति थापा, नेपाल मजदूर किसान पार्टीबाट प्रेमकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहम्मद हजरत अलीले मनोनयन पत्र दर्ता गराएका छन् ।

क्षेत्र नम्वर १, प्रदेश सभा ‘क’ मा स्वतन्त्रबाट खड्क खत्री, दिपेन्द्रनाथ योगी, देवबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मानबहादुर खराल र राष्ट्रिय जनमोर्चाबाट मोहन थापाले मनोनयन पत्र दर्ता गरेका छन् । क्षेत्र नम्वर १, प्रदेश सभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलबहादुर सिंह र नेपाल मजदूर किसान पार्टीबाट पुष्पराज रानाले मनोनयन पत्र दर्ता गरेको निर्वाचन कार्यालयले बताएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभातर्फ ५ जना र प्रदेश सभातर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयको भनाइ छ । सुर्खेतमा २ लाख ४३ हजार ६ सय १५ मतदाता छन भने २ सय ९३ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *