काठमाडौं – १ मा रवीन्द्र मिश्रविरूद्ध विवेकशील साझाका शंकर बन्जाडेको उम्मेदवारी

काठमाडौं, २३ असोज ।

काठमाडौं क्षेत्र नम्बर-१ मा रवीन्द्र मिश्रविरूद्ध विवेकशील साझाका शंकर बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन् । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अभियन्ता तथा उद्यमी समेत रहेका बन्जाडेले काठमाडौं क्षेत्र नम्बर १ बाट दर्ता दर्ता गराएका हुन् ।

आइतबार काठमाडौं क्षेत्र नम्बर-१ को निर्वाचन कार्यालय पुगेर बन्जाडेले उम्मेदवारी दर्ता गराए। लामो समय अन्तर्राष्ट्रिय नेपाली राष्ट्रिय टोपी प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गरेका बन्जाडे सफल युवा उद्यमीका परिचित छन् ।

भ्रष्टाचार विरोधी अभियानमा सक्रिय बन्जाडेले राजनीति शास्त्र र वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरूको हस्तक्षेप अत्यावश्यक भएको भन्दै वैकल्पिक राजनीतिमा जोडिएको बताउँछन् ।

काठमाडौं-१ बाट नै विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । नेता सिंहलाई सत्ता गठबन्धनको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *