कर्णालीमा माओवादीले टुंग्यायो उम्मेदवार

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । कर्णालीमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

जसमा सत्ता गठबन्धनमा भएको भागबन्डामा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ । प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको छ। सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफ्ना उम्मेद्वाहरुको समेत टुंगो लगाएको हो ।

प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

त्यस्तै प्रदेशसभातर्फ रुकुम पश्चिमको (क)मा महेन्द्र केसी र ९ख०मा राजकुमार शर्मा उम्मेदवार बन्ने छन् । (क) मा भने कांग्रेसले पनि दाबी छ । र दुवै दलका नेताहरुबीच छलफलमा पनि चलिरहेको छ ।

सुर्खेत–१, (ख)मा कृष्णबहादुर जिसी (जितेन्द्र) र २ को (ख) मा बिन्दमान विष्ट उम्मेदवार बन्ने छन् । दैलेख–२, (ख)मा उपेन्द्रकुमार रावत ‘सुशील’ उम्मेदवार बन्ने छन् ।

कालिकोटको (क) मा दुर्गा रावत, डोल्पा (ख) मा वीरबहादुर शाही, हुम्ला (क) मा रणसिङ परियार, सल्यान (क) मा भीमप्रकाश शर्मा र मुगुमा (ख) मा मंगल शाहीलाई माओवादीले उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *