सन्दीप लामिछानेलाई गौशाला लगियो

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट काठमाडौँ ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको हो । प्रहरी स्रोतकाअनुसार उनको आजै मेडिकल चेकजाँच हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।

यो पनि : सन्दीप लामिछानेलाई लाग्यो विमानस्थलमै हत्कडी (फोटो/भिडिओ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *