म्यानचेस्टर सिटी र चेल्सीको सानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सीले सानदार जित निकालेका छन् । सिटी ५-० ले विजयी हुँदा चेल्सीले ३-० गोल अन्तरको जित निकाल्यो ।

गएराती सम्पन्न खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने रियाद महरेज, जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । त्यस्तै डाभीट खोचोलाभाले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले तिनै खेलमा जित हासिल गर्दै ३ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । कोपनहेगनको भने ३ खेलमा एक अंक छ र समूहमा पुछारमा छ ।

अर्काे खेलमा चेल्सीले एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा वेस्ली फोफाना, पिएरे एमरिक आउबामेयांग र रीच जेम्सले एक एक गोल गरेका थिए ।

चेल्सीको यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित हो । ३ खेलमा चेल्सीले एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । एसी मिलानको पनि ३ खेलमा ४ अंक रहेको छ र गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

यसै समूह अन्तर्गत अर्को खेलमा आरबी साल्जबर्गले डाइनामो जाग्रेबलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो जितपछि आरबि साल्जबर्गको ३ खेलमा ५ अंक भएको छ भने डाइनामो जाग्रेबको ३ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *