टीका लगाएर मामाघर जाँदै गर्दा स्कुटर दुर्घटना हुँदा एमाले नेतृ झरनाको मृत्यु

काठमाडौँ । नेकपा एमाले रुपन्देहीकी युवा नेतृ झरना चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी२१ वर्षीया चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालकाअनुसार लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । उपचारका लागि भीम अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ की वडासचिव थिइन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि थिइन् । घरमा दसैँको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *