इन्टरले बार्सिलोनालाई हरायो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँग बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा पहिलो हाफको अतिरिक्त समयमा हकान कल्हानोग्लुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि इन्टर मिलानको ३ खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ र समुह सी मा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै बार्सिलोनाको भने यस सिजनको च्याम्पियन्स लिगको तेस्रो खेलमा दोस्रो हार हो । बार्सिलोनाको ३ खेलमा एक जित र २ हार सहित समुहमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *