बाढीपीडितलाई दसैँ ‘दशा’ आउनु सरह !

सुर्खेत । दसैँ तिहार जस्ता चाडपर्वहरू आएपनि पनि सुर्खेतका बाढी पीडितहरूलाई दशा नै आएको छ । सुर्खेतका कतिपय बाडीपीडितहरू अझै पनि के खाने भन्ने पिडामा रहेका छन् । बिहान बेलुका ज्यालामजदुरी गरेर खाने उनीहरूलाई चाडपर्व आउनु दशा आउनु सरह भएको बताउँछन् ।

करिब ८ वर्ष पहिले आएको बाढीबाट विस्थापित भएका बाढी पीडितहरू अझैसम्म पनि पालमुनी जीविकोपार्जन गर्न बाध्य छन् । सरकारले विभिन्न किसिमका आश्वासन दिएपनि उनीहरूको लागि केही राहत नभएको गुनासो छ। राहत वितरणको नाममा विभिन्न सघंसंस्थाहरु, स्थानीय प्रदेश सरकारले केही सामाग्रीहरू दिएपनि दुईचार छाक टार्ने भन्दा काम बाहेक अरू राहत नभएको उनीहरूको गुनासो छ ।

वि.स. २०७१ साल साउन २९ गत्ते आएको बाढीले विस्थापित भएदेखि सरकारले विभिन्न खाले आश्वासन दिएपनि केही नगरेको हुँदा सरकारको आस लाग्नै छोडेको भेरीगंगा नगरपालिका वडा न. २  सत्तरीका याद बहादुर बिसी बताउँछन् । उनले बिहान बेलुका ज्यालामजदुरी गरेर, अलिअलि खेतीपाती गरेर जीविकोपार्जन गरिरहेको भएपनि फेरीपनि बाढी आएर त्यही परिस्थिति सामना गनुपर्ने पिर लाग्ने बताउँदै खोला किनारमा तटबन्ध गर्न आग्रह गरेका छन् ।

यस्तै, बराहताल गाउँपालिकामा भदौ ३१ गत्ते गएको बाढीले विस्थापित भएका घरपरिवार पालमुनी दसैँ मनाउन बाध्य छन् । स्थानीय सरकारले राहत सामाग्री दाल, चामल, नुन,तेल दिएर सहयोग गरिरहेकोले भोकै बस्न नपरेपनि तालमुनि बस्नुपर्दा पिडा भएको बराहताल गाउँपालिका वडा न ५ का डिल बहादुर सलामीले बताएका छन् ।

यता, प्रदेश सरकारले बाढीपीडितहरूलाई राहत वितरण गर्दै आएको बताएको छ । तत्कालै पश्चिम सुर्खेतमा राहत सहयोग गरेर आएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाही बताए । उनले बाडीपीडितको नाममा थोरै नोक्सानीलाई पनि धेरै भन्दै आउने हुँदा समस्या भएको बताउँदै बाडीपीडितको लागि कर्णाली प्रदेश सरकार लागिपरिरहेको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *