आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति, कुन दिन के ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ। प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्न सकिने आयोगले बताएको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन आउन अब ५ दिन मात्र बाँकी छ।

असोज २३ गते नै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। यस्तै असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको बताइएको छ । यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ। आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ।

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ। आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एकसाथ चुनाव हुँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =