लेस्टर सिटीको पहिलो जित

काठमाडाैँ । इंग्लिस मिडफिल्डर जेम्स म्याडिसनले दुई गोलसँर्ग एक असिस्ट प्रदान गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा लेस्टरले घरेलु मैदानमा नटिङघम फरेस्टमाथि ४-० को सानदार जित निकालेको हो ।

किङ पावर स्टेडियममा सोमबार राति भएको एक पक्षीय खेलमा घरेलु टोलीको सानदार जितमा जेम्स म्याडिसनले दुई तथा हार्भे बार्नेस र पाटसन डाँकाले समान एक गोल गरे । पहिलो जितसँगै लेस्टर ८ खेलबाट ४ अंक जोडेर १९औं स्थानमा रहेको छ । पराजित नटिङघम ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *