जनकपुरको राजदेवी मन्दिरमा ‘खोइछ’ भर्ने महिलाहरुको भीड (फोटो फिचर)

जनकपुरधाम । बडादसैँको आठौँ दिन सोमबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

त्यस्तै मधेस प्रदेशका शक्तिपीठहरुमा ब्रतालु महिलाहरु भने ‘खोइछ’ भर्न ब्यस्त रहन्छन् ।

जनकपुरधामको राजदेवी मन्दिरमा खोइछ भर्न रातिदेखि महिलाहरु लाइन लाग्ने गरेका छन् । हजारौं ब्रतालु महिलाहरुले दर्शन गर्ने उक्त पर्वमा सन्तान र पतिको जिवनरक्षाका लागि विशेष पूजा गर्ने गरिन्छ ।

राजदेवी मन्दिरमा चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोइछ भर्ने’ पर्व मनाउन महिलाहरुको भिड लाग्ने गरेको छ ।
तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *