हेटौँडामा रात्रि बस दुर्घटना हुँदा दुईको मृत्यु, छ जना गम्भीर

काठमाडौँ । मकवानपुरको हेटौंडा-१५, चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जना गम्भीर र ३० जना यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाको दमक-५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी नगरपालिका-८ बस्ने ५१ वर्षीय कल्पना राजवंशी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंबाट झापाको दमक जान लागेको ना ७ ख २०३२ नम्बरको बस गए राति मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित खण्डमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

घाइतेमध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं र तीन जनालाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *