बेन्जेमा चुक्दा रियल म्याड्रिड रोकियो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड ओसासुनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

डेभिड ग्रासियाले खेलको ७८औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको ओसासुनाले रियल म्याड्रिडलाई बराबरीमा रोकेको हो । यस खेलमा करिम बेन्जामाले खेलको ७९औं मिनेटमा पेनाल्टी मिस गरेपछि रियलले खेलमा जित निकाल्न चुकेको थियो ।

यस अघि रियल म्याड्रिडका लागि खेलको ४२औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए भने ओसासुनाका लागि किके ग्रसियाले खेलको ५०औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडको ७ खेलमा १९ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियलको यो बराबरीले बार्सिलोनालाई फाइदा भएको छ । ७ खेलमा १९ अंकसहित शिर्ष स्थानमा रहेको छ । बार्सिलोना गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी ओसासुनाको ७ खेलमा १३ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *