युक्रेनको दाबी- अहिलेसम्म रुसका ६० हजार सैनिक मारिए

काठमाडौँ । रुस-युक्रेन युद्धमा अहिलेसम्म ६० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको युक्रेनले दाबी गरेको छ ।

युक्रेनले २३ सयभन्दा बढी रुसी ट्याङ्कहरू ध्वस्त भएको बताएको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा ५ सय रुसी सैनिकले ज्यान गुमाएको युक्रेनको दाबी छ । यी तथ्याङ्कहरू युक्रेनी रक्षा मन्त्रालयद्वारा जारी गरिएको हो, जसको सत्यता स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन ।

एक दिनअघि मात्र युक्रेनी सेनाले डोनबासको लिमान सहरलाई रुसी कब्जाबाट मुक्त गराएको थियो । तर, रुसले जानाजानी आफ्ना सेनालाई पछाडि बोलाएको दाबी गरेको छ । लिमन पूर्वी युक्रेनमा रुसी सैन्य कारबाहीको गढ थियो । यस सहरबाट युक्रेनमा तैनाथ रुसी सेनालाई हतियार, गोलाबारुद र रसद आपूर्ति गरिन्थ्यो । युक्रेनको लिमन कब्जाले रुसी कब्जा गरेको डोनबासलाई पनि चेतावनी दिएको रुपमा बुझिएको छ ।

युक्रेनी सशस्त्र बलका अनुसार युद्धमा मारिएका ६० हजार ११० रुसी सैनिकमध्ये पछिल्लो २४ घण्टामा ५ सयको मृत्यु भएको छ । ती मध्ये धेरै को करामाटोर्स्क र बाख्मुटको क्षेत्र मा मरेको बताइएको छ । युक्रेनी सेनाले अहिलेसम्म २ हजार ३ सय ७७ रुसी ट्याङ्क नष्ट गरेको दाबी गरेको छ । उनले युद्धका क्रममा धेरै रुसी लडाकु विमान, सयौं हेलिकप्टर, मिसाइल प्रणाली, हजारौं बख्तरबंद सवारीसाधन पनि नष्ट भएको बताए ।

युक्रेनी सेनाले रुसी सेनालाई आफ्नो भूमिबाट फिर्ता धकेलिएको र आफ्नो नियन्त्रणमा रहेको सम्पूर्ण क्षेत्र चाँडै खाली गरिने बताएको छ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको पूर्वमा रहेको लिमानलाई पुनः कब्जामा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल पोस्टमा लाइमनलाई पूर्णरुपमा खाली गरिएको बताए ।  उनले भने- ‘हाम्रो सेनालाई धन्यवाद ! युक्रेनी झण्डा पहिले नै लिमानमा छ । गत हप्तामा, डोनबासमा थप युक्रेनी झण्डाहरू देखिन थालेका छन् । अबको एक साताभित्र यो अझै बढ्नेछ ।’

यसैबीच, रुसको संवैधानिक अदालतले आज राष्ट्रपति भ्लादिमिर पुटिनको हस्ताक्षरलाई युक्रेनको चार क्षेत्रलाई जोड्ने वैध सन्धिको रूपमा मान्यता दिएको छ । अदालतले युक्रेनको डोनेस्क, खेरसन, लुगान्स्क र जापोरिझियालाई रुसी संघको संविधान अनुसार रुसको हिस्साको रूपमा मान्यता दिने निर्णय गरेको छ । यद्यपि, मध्य र पूर्वी युरोपका नौ वटा नेटो देशका राष्ट्रपतिहरूले आज घोषणा गरे कि उनीहरूले युक्रेनको क्षेत्रहरू रसियासँग मिल्ने कुरालाई कहिल्यै मान्यता नदिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *