दुई ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई फराकिलो अन्तरले परजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आफ्नो घरेली मैदानमा युनाइटेडलाई ६-३ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इर्लिंग हल्याण्ड र फिल फोडेनले ह्याट्रिक गरेका थिए । फोडेनले खेलको ८औँ, ४४औं र ७२औं मिनेटमा गोल गरे भने हल्याण्डले ३४औं, ३७औं र ६४औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै पहिलो हाफमा ४-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा ३ गोल गरेको थियो । युनाइटेडका लागि एन्थोनी मार्सियलले २ गोल गरे भने एन्थोनीले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ८ खेलमा ६ जित र २ बराबरीसहित २० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै युनाइटेडको ७ खेलमा ४ जित र ३ हारसहित १२ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *