माओवादीलाई भाेट दिँदैनाैँ भनेपछि डडेल्धुराका नेताहरूलाई देउवाले भने, ‘म र प्रचण्ड त मिलेका छाैँ, तपाईंहरू पनि मिल्नूस्’

काठमाडाैँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँचदलीय गठबन्धन दायाँबायाँ नहुने दाेहाेर्‍याएका छन् । राजनीति सधैँ एकनासे नहुने भन्दै उनले भने, ‘गठबन्धनचाहिँ केही हुँदैन र हुनु हुँदैन पनि ।’ देउवालाई भेट्न डडेल्धुराका नेताहरू त्यहाँ पुगेका थिए । यसैक्रममा देउवाले यस्ताे बताएका हुन् ।

देउवाको गृहजिल्ला डडेल्धुराको प्रतिनिधि सभा देउवा आफैँ र प्रदेशमा ‘क’ मा माओवादीका खगराज भट्ट र ‘ख’ मा कांग्रेसबाटै उम्मेदवार बन्‍ने भएका छन् ।  माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुंगो लगाएपछि कांग्रेस नेताहरू देउवालाई भेट्न बालुवाटार पुगको थिए । त्यसबखत देउवाले यसखाले अभिव्यक्ति दिएका हुन् ।

जिल्लाका नेताहरूले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरेका थिए । एक नेताले भने, ‘ प्रधानमन्त्रीज्यूले गठबन्धनमा दाँयाबाँया हुँदैन । तपाईंहरूले के भन्न खोजेको, तपाईंहरू प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै ! म चुनाव हार्दा के हुन्छ । हाराैँला खगराज पनि हार्लान् ।’

भेटमा सहभागीहरूले माओवादीलाई भोट दिन नसक्ने बताएपछि देउवा आक्रोशित भएका हुन् । ‘मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन । माओवादीले मलाई मार्न गोली हान्या होइन ? हामी मिलेका छाैँ त, तपाईंहरू पनि मिल्नूस् । राजनीतिमा सधैँ एकैनास हुँदैन, तपाईंहरू मिल्नूस्,’ देउवालाई उद्धृत गर्दै ती नेताले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *