बार्सिलोना शीर्षस्थानमा उक्लियो

काठमाडाैँ । रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति लेवान्डोस्कीकै गोलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले हराएको हो ।

खेलको २० औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि विजयी गोल गरेका थिए । बार्सिलोनाले यस सिजन ६ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । जितसँगै बार्सिलोना ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १९ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *